हेटौंडा अस्पतालका विषयमा आएको गुनासा तत्काल समाधान गर्न कांग्रेस हेटौंडानगरले बुझायो ध्यानाकर्षण पत्र

छहारी संवाददाता
जेष्ठ २६, २०७९

नेपाली कांग्रेस हेटौंडा नगर कार्यसमितिले हेटौंडा अस्पतालमा देखिएका समस्याका विषयमा ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।

हेटौंडा नगर सभापति उत्सव इटेनी नेतृत्वको टोलीले हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई भेटेर बिरामीले पाएको सास्तीका बारेमा ७ बुँदे प्रस्ताव सहितको ध्यानाकर्षणपत्र बुझाएको हो। बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल भएर पनि उपचारमा आउने बिरामीले पटक पटक विभिन्न खाले समस्या झेल्नु परिरहेको छ ।

प्रयोगशालामा सहझै र अनिवार्य परीक्षण प्राप्त गर्ने व्यवस्था नहुनु, बिरामीले अधिकांस परिक्षणहरु, बाहिरै गर्नुपर्ने बाध्यता, डाक्टरले लेखिदिएको औषधी अस्पतालको फार्मेसीमा उपलब्ध नहुने लगायतका विषयमा ध्यानाकर्षण गराएको हो । नगरसभापति ईटेनीले अस्पतालमा मेसु डाक्टर सापकोटालाइ अस्पतालमा देखिएको समस्या र बिरामीले उपचारका क्रममा भोगेको झन्झटलाई छिटो भन्दा छिटो समाधान गर्न अनुरोध गर्नुभयो ।

ध्यानाकर्षणपत्र बुझ्दै मेसु सापकोटाले भवन र जनशक्ति बभावका कारण समस्या देखिएको भन्दै छिट्टै समस्या समाधान गर्न प्रतिवद्धता व्यत्तः गर्नुभयो । ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, प्रेस युनियन मकवानपुर अध्यक्ष पोष्टराज अधिकारी (कुमार), कांग्रेस हेटौंडानगर सचिव हर्क रत्न लामा, सहसचिव निगम श्रेष्ठ, विकास बानियाँ, कोषाध्यक्ष कुल प्रसाद चौलागाई लगायतको उपस्थिती रहेको थियो।
यस्तो छ हेटौंडानगरले अस्पताललाई बुझाएको ७ बुँदे ध्यानाकर्षण पत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*