भुटनदेवी माविका दिपेश कुमार चौधरी प्रथम

छहारी संवाददाता
जेष्ठ २०, २०७९

हेटौंडामा भएको वातावरण संरक्षणमा विद्यार्थी र समुदायको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा भुटनदेवी माविका दिपेश कुमार चौधरी प्रथम भएका छन् ।

५० औं विश्व वातावरण दिवस तथा सामुदायिक वन उपभोक्ता महासंघको २७ औं स्थापना दिवसको अवसरमा शुक्रवार आयोजित वक्तृत्वकला प्रतियोगितामा बंशगोपाल माविकी रोजा सुवेदी द्धितिय, भइन् । यस्तै ज्ञानदा माविकी जिनुका यादव तृतिय र अरनिको माविकी जेनिसा अर्याल सान्त्वना भईन् ।

सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजना र डिभिजन वन कार्यालय मकवानपुरको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुनेलाई २ हजार, द्धितिय हुनेलाई १ हजार ५ सय, तृतिय हुनेलाई १ हजार र सान्त्वना हुनेलाई ५ सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १३ वटा सामुृदायिक विद्यालयका २६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, डिभिजन वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा र हेटौंडा उपमहानगरपालिका वातावरण शाखा प्रमुख शान्ति विकले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।

डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख शिव सापकोटाको प्रमुख आतिथ्यता एवम सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, भैरबडाडा सामुदायिक वनका अध्यक्ष उत्तम प्रसाद पौडेल लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*