सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउँछौंः मेयर बालेन्द्र साह

छहारी संवाददाता
जेष्ठ २०, २०७९

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिनुभएको छ ।

उपमेयर सुनिता डंगोलसहित शुक्रवार सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयवासीको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो । त्यसका लागि आफूले विज्ञहरूसँग आवश्यक छलफल गरेको पनि उहाँले बताउनुभयो । मेयर साहले तीन महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहर व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मेयर साहले फोहर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाण्डौवासीको घरघरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गर्नुभयो । त्यस अवसरमा उहाँले तत्कालका लागि भने काठमाण्डौमा थुप्रिएको फोहर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयवासीसँग आग्रह गर्नुभयो ।

मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाण्डौको फोहरबाट सिर्जित समस्या समाधान गर्नुरहेको पनि पटक–पटक दोहोर्‍याउनुभयो । स्थानीयवासीले भने आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाण्डौको फोहर विर्सजन गर्न दिन नसकिने अडान राखेका थिए । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*