उद्योग क्षेत्रको विकासमा प्रदेश सरकारले सक्दो पहल गर्छः बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्योगमा काम गर्ने कामदारहरुलाई सिप तथा तालिम प्रदान गर्नुपर्ने बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको ५ औं प्रदेशसभालाई आज हेटौंडामा सम्बोधन गर्दै उहाँले उद्योग क्षेत्रको विकासमा प्रदेश सरकारले सक्दो पहल गर्ने बताउनुभयो । सभामा सहभागी उद्योगी व्यवसायीहरुले निजि क्षेत्रको लगानी सुरक्षीत गर्न थुप्रै कानुन बनाउन आवश्यक रहेको बताएका छन् ।
कर्जा ऐन, बहाल ऐन, सुरक्षीत कारोबार ऐन, च्याम्बर ऐन लगाएतका थुप्रै ऐन कानुन बनाउन आवश्यक रहेको उद्यागीहरुको भनाई छ । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छा लगाएत उद्योगी व्यवसायीहरु सहभागी थिए ।