मकवानपुर गढीगाउँपालिका– २ जीपलाइनमा सवारी दुर्घटना हुँदा ८ जना घाइते
मकवानपुर गढीगाउँपालिका– २ जीपलाइनमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् ।
वीरगञ्ज २९ र ३० का नवनिर्वाचित वडा अध्यक्षहरु ३२ वर्षका मनोज कुमार यादव र ५२ वर्षका धर्मेन्द्रप्रसाद महतो थारुसहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै वडा नं २४ का वडा सदस्य ३० वर्षका सद्दाम हुसेन आलम, वडा नं २५ का वडा सदस्य ३१ वर्षका जगदिश साह र वडा नं ३२ की दलित महिला सदस्य ३१ वर्षकी पुजादेवी राम पनि घाइते हुनु भएको छ । उहाँहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा चालक वीरगञ्ज–२० बस्ने भानु यादव, वडा नं १७ का श्रवण यादव, वीरगञ्ज– २४ बस्ने ४० वर्षका सन्त यादव पनि घाईते भएका छन् । सवारी चालक भानु भने दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।