माओवादीलाई पहिलो पार्टी बनाउने गरी सक्रिय हुन जनप्रतिनिधिहरुलाई प्रचण्डको निर्देशन

छहारी संवाददाता
जेष्ठ २०, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिनु भएको छ ।

दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौंमा पुगेका कर्णाली प्रदेशका पालिकामा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रचण्ड यस्तो निर्देशन दिनुभएको हो ।

अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारस्थित निवासमा पुगेका उनिहरुलाई प्रचण्डले कर्णालीमा स्थानीय चुनावको परिणाम माओवादीले अपेक्षा गरे अनुसारको नभएको भन्दै आगामी दिनमा पहिलो पार्टी बनाउन आजैदेखि योजनावद्ध रुपमा लाग्न निर्देशन दिनुभयो ।

जनप्रतिनिधिहरुले आजै माओवादी केन्द्रका नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटघाट गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*