अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबलमा आज वि.एफ.सि. चितवन र चर्च व्वाईज काठमाडौं भिड्दै

छहारी संवाददाता
जेष्ठ २०, २०७९

स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आज वि.एफ.सि. चितवन र चर्च व्वाईज क्लब काठमाडौं भिड्दैछन् ।

बिहीबारबा सुरु भएको प्रतियोगितामा पहिलो दिनको खेल नव जनजागृति युवा क्लब सिमराले जितेको छ । सिमराले बागमती युवा क्लब सर्लाहीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगितामा सिमराका विवेक चौधरी ‘म्यान अफ दी म्याच’ घोषित हुँदै १० हजार प्राप्त गरे । योसंगै सिमरा प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

हेटौंडा ५ मा रहेको पिप्ले क्याम्पा रंगशालामा जारी प्रतियोगितामा १२ क्लबको सहभागिता छ । आगामी ३० गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस वर्ष पुस्कार राशी बढाइएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए । यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइक, विधागत उत्कृष्ट खेलाडीलाई नगद २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*