अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताआजदेखि सुरु हुँदै

उद्घाटन खेलमा बागमती युवा क्लब सर्लाही र नव जनजागृति युवा क्लब सिमरा भिड्ने
छहारी संवाददाता
जेष्ठ १९, २०७९

स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता चौथो संस्करण २०७९ आजबाट सुरु हुँदैछ ।

हेटौंडा ५ मा रहेको पिप्ले क्याम्पा रंगशालामा दिउँसो ३ बजे हुने उद्घाटन खेलमा बागमती युवा क्लब सर्लाही र नव जनजागृति युवा क्लब सिमरा भिड्ने छन् । त्यसअघि दिउँसो २ बजे हुने औपाचारिक कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नु हुने मकवानपुर फुटबल संघले जानकारी दिएको छ ।

जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ क्लबको सहभागिता रहनेछ । प्रतियोगतामा विभागीय क्लबहरु नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको (एपीएफ), मनाङ मर्स्याङदी, खुमलटार युवा क्लब, बागमती युवा क्लब सर्लाही, नव जनजागृति युवा क्लब सिमरा, विजय युथ क्लब हेटौंडा, फ्रेण्डस् क्लब, वि.एफ.सि. चितवन, चर्च व्वाईज क्लब र अन्तराष्ट्रिय क्लव एनिनियर एफसी क्यामरुनको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस वर्ष पुस्कार राशी बढाइएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए । यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई बुलेट बाइक, विधागत उत्कृष्ट खेलाडीलाई नगद २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको लागि करिब १ करोड १७ लाख ९२ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरले २५ लाख, थाहा नगरपालिकाले १० लाख र अन्य ८ गाउँपालिकाले ५र५ लाख सहयोग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*