एमालेको हावादारी कुराले राजनीतिक दलप्रति जनताको आक्रोश बढेको गगन थापाको आरोप

छहारी संवाददाता
जेष्ठ १६, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन नेतृत्व दलका जनप्रतिनिधीहरुलाई जनताले पाउने सेवामा बाधक नबन्न आग्रह गर्नु भएको छ ।

पुर्व स्वास्थ्यमन्त्री समेत रहनु भएका थापाले सोमबार कांग्रेस हेटौंडानगरले आयोजनमा गरेको हेटौंडानगरमा गठबन्धनका तर्फबाट निर्वाचित जनप्रतिनिधिको स्वागत, सम्मान तथा बधाई कार्यक्रममा यस्तो आग्रह गर्नु भएको हो । नेता थापाले स्थानीय सरकारलाई सहयोग गर्न संघ र प्रदेश सरकार लागिरहेको बताउनुभयो ।

थापाले जनताले बहुमत दिएको एमाले नेतृत्वको सरकारको हावादारी कुरा कारण राजनीतिक दलप्रति नै जनताको आक्रोश पैदा भएको आरोप लगाउनुभयो । एमालेको नेतृत्वमा राजनीतिक संस्कार र जनभावना विपरितका गतिविधि भएपछि जनता राजनीतिक दलसंग बिच्किएको थापाको आरोप छ ।

नेपाली कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, प्रतिनिधिसभा सदस्य एव कांग्रेस नेता देवी प्रसाद तिमल्सिना, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, हेटौंडाकी नगर प्रमुख मिना कुमारी लामा, नगर उपप्रमुख राजेश बानियाँ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा कांग्रेस मकवानपुर उपसभापति आनन्द कठायत, सह(सचिव इन्दिरा न्यौपाने, कांग्रेस मकवानपुर प्रवक्ता अर्जुनप्रसाद चौलागाई, निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, कांग्रेस मकवानपुरका पुर्व सभापति माइकल रामचन्द्र अर्याल, कांग्रेस क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, कांग्रेस नेता आनन्दराम पराजुली लगायत स्थानीय तह निर्वाचनमा हेटौंडाका विभिन्न वडामा निर्वाचित जनप्रतिनिधिरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*