बागमती प्रदेश सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने
बागमती प्रदेश सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशभित्रका माध्यमिक तहका विद्यालयहरुमा उक्त कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
त्यस्तै, उच्च शिक्षा पढ्नका लागि ‘छोरी–बुहारीलाई छात्रवृत्ति’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ भने प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रंगशाला निर्माण गर्ने योजना अघि बढाएको उहाँले बताउनुभयो ।
साथै, प्रदेश सरकारले ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापन गर्ने भएको छ । प्रदेश प्रमुख शर्माले पशु बिमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्वयमा ‘एक वडा, एक पशु सेवा कार्यालय’ को स्थापना गरिने बताउनुभयो ।