काठमाण्डौ महानगरका नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण आज

छहारी संवाददाता
जेष्ठ १६, २०७९

काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह बालेन, उपमेयर सुनिता डङ्गोल लगायतका जनप्रतिनिधिको शपथ ग्रहण आज हुँदैछ ।

शपथ ग्रहण बिहान ११ बजे राष्ट्रिय सभागृहमा हुँनेछ । दुई दिन लगातार सार्वजनिक विदा परेकाले निर्वाचन परिणाम आएको तीन दिनपछि मात्र शपथ ग्रहण हुन लागेको हो । शपथ ग्रहणलगत्तै उहाँहरुले आजै पदभार सम्हाल्नुहुनेछ ।

काठमाण्डौ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन ६१ हजार ७ सय ६७ मत प्राप्त गरी विजयी हुनु भएको हो भने उपमेयरमा नेकपा एमालेकी डङ्गोल ६८ हजार ६ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*