दिपक बहादुर सिंह अब मकवानपुर छोडेर कतै नजाने

छहारी संवाददाता
जेष्ठ १६, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्वकेन्द्रिय सदस्य दिपक बहादुर सिंहले स्थानीय चुनावको नजितालाई स्वीकरेर अब प्रदेश र संघीय चुनावको तयारीमा लाग्न निर्देशन दिनुभएको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट हेटौंंडा उपमहानगरको मेयरका उम्मेद्वार समेत रहिसक्नु भएका सिंहले अब आफू मकवानपुर छोडेर कतै नजाने बताउनुभयो ।

राप्रपा मकवानपुरले आयोजना गरेको ३३ औं स्थापना दिवस कार्यक्रममा बोल्दै प्रमुख अतिथी सिंहले मकवानपुरे जनताको सुखदुखमा रमाउदै अब मकवानपुरमै बस्ने बताउनुभयो । पार्टी फुटले केही असर परेपनि अब साङ्गठनिक सुधृढिकरण गर्दै पार्टिलाइ बलियो बनाएर लैजाने उहाँको भनाई छ।

पार्टी वरिष्ठ उपाध्यक्ष सागर थापाको अध्यक्षतामा भयको कार्यक्रममा पुर्व केन्द्रिय सदस्य नवराज बिष्टको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बिष्टले स्थापना काल देखि अहिलेसम्म पार्टीले सामना गरेको अप्ठ्यारो परिस्थिती र संघर्ष बारे धारणा राख्नुभयो । कार्यक्रममा प्रदेश सचिब गुन्जन बहादुर न्यौपाने,प्रदेश सदस्य ध्रुब सन्जेल, लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*