मनहरी गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना निर्वाचित

छहारी संवाददाता
जेष्ठ १५, २०७९

मनहरी गाउँपालिकाको कार्यपालिका सदस्यमा ६ जना निर्वाचित भएका छन् ।

निर्वाचित सबै गठबन्धन तर्फका उम्मेदवार रहेका छन् । आइतबार भएको निर्वाचनमा निर्वाचित ४ जना कार्यपालिका महिला सदस्य र नगर कार्यपालिका दलित तथा अल्पसंख्यक २ जना गरि ६ जना निर्वाचित भएका हुन् । निर्वाचित महिला सदस्यमा नेपाली कांग्रेसका मिरा गौतम खत्री, राममाया नगरकोटी, सविता सुवेदी र सेती माया थिङ रहेका छन् ।

त्यस्तै, दलित तथा अल्पसंख्यक कार्यपालिका सदस्यमा कांग्रेसकी कान्छीमाया बोट र माओवादी केन्द्रका चतुर कुमार सुनार रहेका छन् । निर्वाचित सदस्यहरुलाई आज नै प्रमाण पत्र वितरण गर्नुका साथै शपथ ग्रहण समेत गराइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*