अमलेखगञ्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गर्ने सरकारको निर्णय
सरकारले मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गर्ने भएको छ।
आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बाराको अमलेखगञ्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन बनाउने जानकारी दिनु भएको हो ।
हाल भारतको रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन सञ्चालनमा छ। साथै अर्थमन्त्री शर्माले खाना पकाउने एलपी ग्यास वितरण प्रणालीमा पुनरावलोकन गरिने जानकारी दिनुभयो ।