आउँदो आर्थिक वर्षभित्र ६५५ पालिकामा निर्माणाधीन आधारभूत अस्पतालको निर्माण सम्पन्न गरिने
सरकारले ६ सय ५५ पालिकामा निर्माणाधीन आधारभूत अस्पतालको निर्माण कार्य आउँदो आर्थिक वर्ष सम्पन्न गर्ने बताएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले अहिले निर्माणाधीन रहेका आधारभूत अस्पतालको निर्माण सम्पन्न गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको उल्लेख गर्दै आउँदो आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो ।
यस्तै सरकारले मानव सूचकाङ्कमा पछाडि परेका २५ वटा जिल्लामा आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरीलाई पाँच हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउने भएको छ ।