हेटौंडा उपमहानगरको कार्यपालिका सदस्यमा एमालेका आठै जना निर्वाचित

छहारी संवाददाता
जेष्ठ १५, २०७९

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेका आठै जना उम्मेदवार निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न मतदानको मतपरिणाम अनुसार नगरकार्यपालिका महिला सदस्य तर्फ ५ जना र नगर कार्यपालिका दलित तथा अल्पसंख्यक तर्फ ३ जना गरी आठै जना एमालेकै उम्मेदवार विजयी भएका हुन् । हेटौंडा उपमहानगरपालिकाको नगर कार्यपालिकाको महिला सदस्यमा ईश्वरी विश्वकर्मा, पातलीमाया गोङवा, मञ्जु भुर्तेल, रुकमणी गोङवा र साधना श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी नगर कार्यपालिकालागी दलित वा अल्पसङ्ख्यक तर्फ ६ उम्मेदवार मध्ये ३ जना एमालेकै उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचित हुनेमा अर्जुन बहादुर राई, बिर बहादुर विश्वकर्मा र शंकर राई रहेका छन । निर्वाचित सबैले क्रमश ५०– ५० मत प्राप्त गरेका थिए । ५१ जना मतदाता रहेको एमालेको १ भोट भने गठबन्धनलाई गएको छ ।

गत वैशाख ३० गतेको निर्वाचन मत परिणाम अनुसार कार्यपालिका सदस्य निर्वाचनका लागि एमालेको ५१ र गठबन्धनको ४६ मत रहेको थियो । निर्वाचित महिला, दलित वा अल्पसङ्ख्यक सदस्यलाई आजै शपथग्रहणसँगै प्रमाणपत्र वितरण गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*