प्रदेश र सङ्घको चुनावमा जुट्न नेता कार्यकर्तालाई राप्रपा अध्यक्ष लिङ्देनको निर्देशन

छहारी संवाददाता
जेष्ठ १५, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र सङ्घको चुनावमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष लिङ्देनले प्रदेश र सङ्घको चुनाव सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई सचेत गराउनुभएको हो ।

पार्टी स्थापना दिवसको अवसरमा आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पालिका तहकाे चुनाव सकियो भनेर थकाइ मार्ने छुट पार्टीका कुनै पनि नेता कार्यकर्तालाई नरहेको पनि स्पष्ट पार्नुभयो । पालिका चुनावमा आफ्नो पार्टी नयाँ शक्तिको रूपमा उदाएको सन्देश दिन सफल भएको दाबी गर्दै अध्यक्ष लिङदेनले अब प्रदेश र सङ्घको चुनावकाे परिणामलाई आफ्नो पक्षमा पार्न सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश र प्रतिनिधि सभा चुनाव हाम्रो सम्मुखमा छ । हाम्रा कुनै पनि नेता, कुनै पनि कार्यकर्ता साथीहरूलाई चुनाव सकियो भनेर थकाइ मार्ने सुविधा र छुट छैन । भोलि नै चुनाव छ भन्ने ठानेर आफ्नो मेहनत बढाउन सबै नेता, कार्यकर्ता साथीहरूलाई आह्वान गर्न चाहन्छु ।’

अध्यक्ष लिङ्देनले सत्तारूढ र प्रतिपक्ष दल आबद्ध दुई छुट्टाछुट्टै गठबन्धनको चपेटाको बीचमा पनि पार्टीको तर्फबाट विजयी हुन सफल जनप्रतिनिधिहरू बधाईको पात्र भएको भन्दै उनीहरूको कार्यकालको सफलताको पनि शुभकामना व्यक्त गर्नुभयो । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*