हेटौंडा–१९ मा रहेको वृद्धाश्रमको अवस्था नाजुक(तस्वीरसहित)

‘पानी पर्दा खाना बनाउन सकिंदैन, कति रात बिस्कुट खाएर सुत्यौँः आश्रित
भावना रिजाल, हेटौंडा
जेष्ठ १४, २०७९

हेटौंडा उपमहानगरपालिका–१९ मा रहेको सर्वेश्वर महादेव मन्दिर वृद्धाश्रमको अवस्था नाजुक छ । त्यहाँ आश्रय लिइरहेका ज्येष्ठ नागरिकको अवस्था झन् दयनीय छ । खाना बनाउन चुल्हो समेत नहुँदा आश्रित भोकै बस्नुपर्ने अवस्था छ ।

एक सय वर्षकी कलावती कठायतले भनिन्, ‘पानी पर्दा खाना बनाउन सकिंदैन, कति रात बिस्कुट खाएर सुत्यौँ ।’१२ वर्षदेखि आश्रय लिइरहेकी कठायतको दुःखेसो हो, यो ।

आश्रमको भान्साकोठामा निर्माणसामग्री राखिएको छ । र, भान्साकोठाबाहिर तीनवटा ढुङ्गा राखेर चुलो बनाएर खाना बनाउने गरेको २३ वर्षदेखि आश्रम बसिरहेका ७५ वर्षीय रामेश्वर घलेले बताए ।

उनी भन्छन्, ‘पहिला ग्यास चुलो थियो । ५–६ महिना भयो न ग्यास सिडिन्डर छ, न ग्यास चुलो । दुई छाक खान मुुस्किल छ ।’ दुई छाक खान पाउन मुश्किल छ भने उनीहरुले पोषणयुक्त खानेकुरा पाउनु त धेरै टाढाको कुरा ।

शौचालयको पनि उस्तै समस्या छ । आश्रमका संरचना समेत ज्येष्ठ नागरिकमैत्री छैन । ज्येष्ठ नागरिकलाई हुनुपर्ने हेरचाह र स्याहार त छैन नै स्वास्थ्य उपचारको समेत व्यवस्था छैन ।

उनीहरुको गुनासो छ– ‘हामीलाई केही तलमाथि भइहाले पनि हेरचाह गर्ने कोही छैन । हामी मृत्यु कुरेर बसिरहेका छौं ।’ र, व्यवस्थापन समितिले चासो नदिएको गुनासो पनि गरे । आश्रम व्यवस्थापन समितिका अध्यक्ष यदुकुमार पाठकलेभने वृद्धवद्धाले खान नपाएको कुरालाई अस्विकार गरे ।

उनी भन्छन्–चामल कुहिएर बसेको छ भने खान नपाउने पनि कुरा हुन्छरुचुलो विनाको चामल के कामरुभन्ने प्रश्नमा उनले भने, ‘आश्रमको आम्दानी छैन । धेरै काम गर्न सकिएको छैन । हाम्रो आयश्रोत कतै छैन । आयश्रोत नभई काम गर्न नसकिएको चाहि स्वीकार गरेका छन् ।

आश्रममा जम्मा दुई जना वृद्धवृद्धा छन् । उनीहरुलाई दुई छाक दिन पनि समितिले सकिरहेको छैन । वृद्धवृद्धाले खानै दिएन भनेर गुनासो मात्रै गर्ने गरेको भन्दै अध्यक्ष जंगिए । उनले भने, ‘अब म चलाउन सक्दिन । राजीनामा दिन्छुु।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*