बागमती प्रदेशको राजधानी हेटौंडा ११ का स्थानीयलाई अझै शुद्ध पिउने पानीको अभाव
बागमती प्रदेशको राजधानी हेटौंडा ११ का स्थानीयले अझै पनि शुद्ध पिउने पानीको अभाव झेलिरहेका छन् । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको निती तथा कार्यक्रममा एकघर एक धाराको ब्यवस्था गर्ने घोषणा गरेपनि सिमलटार, गोल्फिङटार, सागरपथ, तल्लो थानाभर्याङका स्थानीय शुद्ध पानी पिउनबाट बन्चित छन् ।
२५ सय घरधुरी रहेको यस भेगका स्थानीयले अझै पानीको स्रोतका रुपमा ट्यूकल प्रयोग गरिरहेको गुनासो गरेका छन् । उनिहरु ट्युकलको आर्सेनिक युत्त पानी पिउन बाध्य छन् । उनिहरुको एउटै माग छ शुद्ध पिउनेपानी । आफुहरुले पटक पटक शुद्ध पिउने पानीको माग गरेपनि स्थानिय सरकारले समस्या समाधानका लागि चासो नदिएको टोल विकास संस्थाका अध्यक्ष मधु कुमार थापाले बताउनुभयो ।
स्थानीय सरकारबाट समय समयमा खानेपानीको दिगो व्यवस्थापन गर्ने आश्वासन आइरहेपनि अहिलेसम्म यस स्थानका कुनैपनि भागमा पाइपसम्म बिछाइएको छैन। यद्यपी ११ नम्बरवडा अध्यक्ष जुना दाहालले अब आफ्नो कार्यकालमा स्थानिय बासिन्दालाई शुद्ध पिउने पानी उपलब्ध गराउने दाबी गर्नु गर्नुभएको छ ।
त्यसो त हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर जितेको गठबन्धनले आफ्नो चुनावी घोषणापत्रमा १० हजार लिटर खानेपानि निशूल्क उपलब्ध गराउने घोषणा गरेको छ । चुनावका बेला नारा बनाउने अनि जित पछि बिर्सने परिपाटीले आफ्ना समस्या ज्यूँ का त्यूँ रहने होकि भन्ने स्थानियलाई पिरलो छ ।