इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु, ३७ जना घाइते

छहारी संवाददाता
जेष्ठ १३, २०७९

इरानको दक्षिण पश्चिमी सहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान गएको छ । अरु ३७ जना घाइते भएका छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप–गभर्नर एहसन अब्बासपुरलाई उदृत गरी इरानको अर्ध–सरकारी समाचार संस्था, आईएसएनएले जनाएको छ ।

व्यस्त सहरमा निर्माणाधीन भवन भत्किँदा फसेकाहरुको उद्धारका लागि सुरक्षाकर्मीसहित झन्डै २ हजार जना परिचालन गरिएको छ । इरान सरकारले उद्धार कार्यलाई अन्तिम समयसम्म जारी राख्ने जनाएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*