जनताले बागमती प्रदेशका दुइ पूर्व मन्त्रीलाई मेयरमा पत्याएनन्

छहारी संवाददाता
जेष्ठ १२, २०७९

बागमती प्रदेशका दुइजना पूर्व मन्त्री तथा प्रदेशसभाका सदस्यहरुलाई जनताले मेयरमा पत्याएनन् । बैशाख ३० गतेको स्थानीय तहको चुनाबमा उम्मेदवार बनेका दुइजना पूर्वमन्त्रीलाई जनताले मेयरमा स्वीकार नगरेका हुन् ।

नेकपा एमालेका तर्फबाट बागमती प्रदेशमा सामाजिक बिकास मन्त्री बनेका प्रदेशसभाका सदस्य पदबाट राजिनामा दिएर भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका विजय सुवेदी र बागमती प्रदेशमा एमालेको सरकारका पालामा भौतिक पूर्वाधार मन्त्री बनेका केशब स्थापीतले प्रदेशसभा सदस्यबाट समेत राजिनामा दिएर काठमाण्डौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए । तर, दुबैजना मेयरमा पराजित भएका छन् । माथिल्लो पदमा रहेकाहरुलाई तल्लो तहमा ओर्लिएर चुनाब लड्दा जनताले नपत्याएका हुन् ।

लामो राजनीति यात्रा बोकेका विजय सुवेदी प्रदेश सांसद छोडेर भरतपुर महानगरको मेयर बन्न गए । गठबन्धन भित्रबाट नेपाली कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेद्वारी दिएपछि सहज मैदानमा मानेका सुवेदीले आफ्नै पार्टीको मत जोगाउन सकेनन् । उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालसँग पारजित भए । उनलाई गठबन्धनबाट मेयर बनेकी दाहालले ५२ हजार २८ मत ल्याइन् भने सुवेदीलाई ३९ हजार ५ सय ८२ मत मात्रै आयो ।

सुवेदी १६ वर्षको उमेरदेखि नै कम्युनिस्ट राजनीतिमा लागेका थिए । २०३७ सालमा चितवनको गुञ्जनगर बसाइ सरेका सुवेदीको परिवार २०६५ देखि भरतपुर–१२, मिलनचोकमा स्थायी भएको हो । यो स्थानीय तहको निर्वाचनमा सर्वाधिक चर्चा र विवादका पात्र बनेका उम्मेद्वार हुन केशव स्थापित । बागमतीको प्रदेश सांसदबाट राजिनामा दिएर फेरि काठमाडौंको मेयर हुन आएका थिए । आफ्ना विपक्षीहरुलाई कमजोर र निम्नस्तरको टिप्पणी गरेका स्थापितले प्रतिस्पर्धी नै नभएकोसम्म भ्याए ।

उनलाई मिटू अभियानले थप विवादित बनाएको थियो । तर स्थापितलाई स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह९बालेन०ले सुरु देखि नै पछि पारेका थिए । मतगणनाको अन्तिम चरणमा आईपुग्दा बालेनको जित पक्का भईसकेको छ भने यो समाचार तयार पार्दासम्म स्थापित तेस्रो स्थानमा छन् । झण्डै डेढ दशकपछि मेयरको त्यही कुर्सीमा उक्लिन चुनावी मैदानमा उत्रिएका स्थापित यो राजधानी सहरको चुनावी खेलका निकै अनुभवी खेलाडी भएता पनि ठुलो झड्का खाए ।

२०४३ सालको काठमाडौं नगरपञ्चायतको चुनावमा उनी तत्कालीन नेकपा मालेका तर्फबाट उपप्रधानपञ्चको जनपक्षीय उम्मेदवार थिए । यस हिसाबले उनी ३६ वर्षयता निरन्तर काठमाडौंको नेतृत्व लिने खेलमा रहेका स्थापित यो चोटी पछि परे । साभारः अनलाइन खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*