हेटौंडा ११ ले पायो पहिलो महिला वडाध्यक्ष

छहारी संवाददाता
जेष्ठ ६, २०७९

हेटौंडा उपमहानगरले पहिलो महिला मेयर पाए जस्तै पहिलो महिला वडाध्यक्षमा पाएको छ ।

हेटौंडा ११ को वडाध्यक्षमा एमालेको तर्फबाट जुना दाहालले जित हासिल गर्नु भएको हो । यसैबीच हेटौंडा -९ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनबाट एकिकृत समाजवादीका शुक्रराम केसीविजयी हुनु भएको हो ।

उहाँले नेकपा एमालेका उम्मेदवार लक्ष्मण भण्डारीलाई  पराजित गर्नु भ्यो । केसीले २३२२ मत प्राप्त गर्दा भण्डारीले १३४२ मत प्राप्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*