हेटौंडाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी

मिना कुमारी लामा हेटौंडाको पहिलो महिला मेयर बन्न सफल
छहारी संवाददाता
जेष्ठ ६, २०७९

हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको तर्फबाट मेयरमा एकिकृत  समाजवादीकि मिना लामा र उपमेयरमा नेपाली काङ्ग्रेसका राजेश बानियाँ विजयी हुनु भएको हो ।

शुक्रबार राती सम्पन्न मतगणना अनुसार लामाले २३ हजार ७५ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गर्नुभयो भने अर्का प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत प्राप्त गर्नुभयो ।                                                              यस्तै उपमेयरमा बानीयाँ ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ६ काफ्लेले मत ल्याउँदा राप्रपाकी इन्दीरा न्यौपाने डल्लाकोटिले ५ हजार ४ सय ८६ मत प्राप्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*