हेटौंडा ५ को वडा अध्यक्षमा एमालेका उम्मेद्वार सुशिल घिमिरे विजयी

छहारी संवाददाता
जेष्ठ ५, २०७९

हेटौंडा वडा नम्वर ५ को वडा अध्यक्षमा नेकपा एमालेका सुशिल घिमिरे विजयी हुनु भएको छ ।

उहाँ २५३० मतसहित विजयी हुनु भएको हो । त्यस्तै, गठबन्धनबाट कांग्रेसका हयग्रीव उपाध्याय आचार्यले १ हजार ३९० मत प्राप्त गर्नुभयो भने राप्रपाका रामकृष्ण श्रेष्ठले ३२५ मत, नेपाल मजदुर किसान पार्टीका दिपेन्द्र श्रेष्ठले ७ मत र स्वतन्त्र उम्मेदवार विशालराज महतले ४०२ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, वडा सदस्यहरुमा एमालेका ज्ञानबहादुर थापा मगरले २७०३, रामबहादुर राई २१३३, महिला सदस्यमा एमालेकी रंजीता सिलवाल २३५३ र दलित महिला सदस्यमा भगवती विक २२५४ मतसहित विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*