चुनाव र मत गणनामा लापरबाही गर्नेलाई कारबाही हुन्छ: निर्वाचन आयोग

छहारी संवाददाता
जेष्ठ ५, २०७९

निर्वाचन आयोगले पालिका चुनाव–२०७९ को मतदान तथा मतगणनामा लापरबाही गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण सङ्कलन सुरु गरेको छ ।

मतदान सम्पन्न गराउन खटाइएका केही कर्मचारीले निर्वाचन निर्देशिका र मतदान निर्देशिका–प्रतिकूल हुने कामकारबाही गरेको गुनासोपछि आयोगले त्यस्ता कर्मचारीको विवरण सङ्कलन गर्न लागेको हो ।

निर्वाचन अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा दस्तखत नै नगरि तथा अर्धकट्टीसहित मतपत्र दिने, स्ट्याम्प प्याडको सट्टा मसी, मतदाताको सही विवरण उल्लेख नगर्ने जस्ता कार्यमा संलग्न कर्मचारीको विवरण सङ्कलन भइरहेको उल्लेख छ ।

मतदान कार्यमा खटाइएका जिम्मेवार मतदान अधिकृत कर्मचारीबाट भएका गल्तीले चुनावका क्रममा विवाद र धाँधली उत्पन्न भएर मतदान तथा मतगणना स्थगित र चुनाव प्रभावित भएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ। साभार: उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*