कोलकातालाई २ रनले हराउँदै लखनउ आईपीएलको ‘प्ले अफ’ मा
लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । मुम्बईमा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ प्ले अफमा पुगेको हो ।
लखनउले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन मात्र बनाउन सक्यो । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा विना विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो ।
जितसँगै लखनउ दोस्रो स्थानमा उक्लिएको छ । लखनउ प्ले अफ पुग्ने दोस्रो टोली बनेको छ । यसअघि गुजरात टाइटन्स प्ले अफमा पुगिसकेको छ । लखनउ र गुजरात आईपीएलमा नवप्रवेशी टोली पनि हुन् । लखनउले १४ खेलमा १८ अंक जोडेको छ । समान खेलमा कोलकाता १२ अङ्कका साथ छैटौँ स्थानमा छ ।