लगातार दशाैं पटकसम्म वडाध्यक्ष जितेका व्यञ्जनकार अहिले पराजित

छहारी संवाददाता
जेष्ठ ५, २०७९

 

२०२९ सालदेखि लगातार वडाध्यक्ष पदमा जित्दै आउनु भएका ललितपुर महानगर वडा नम्बर १० का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार यस पटक भने पराजित हुनु भएको छ ।

यस पटक आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग चुनाव लड्नु भएका व्यञ्जनकार २८२ मतान्तरले पराजित हुनुभएको हो ।

रविनमानले ८२५ मत ल्याउँदा नरसिंहले ५४३ मत पाउनु भयो ।

उहाँ अहिले ११ औं पटक स्वतन्त्र उम्मेदवारका रुपमा पुतली चिन्ह लिएर वडाध्यक्ष पदमा उठ्नु भएको थियो । साभार: उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*