काठमाण्डौ महानगरको मेयरमा बालेन शाहको अग्रता कायमै, स्थापित १०१०८ मतले पछाडि

छहारी संवाददाता
जेष्ठ ५, २०७९

काठमाण्डौ महानगरमा बालेन शाहले मतान्तरलाई फराकिलो बनाउँदै जानु भएको छ । महानगरको पछिल्लो मत परिणामअनुसार ५५ हजार ७९२ मत गन्दा बालेन शाहले २१ हजार ३२४ मत प्राप्त गर्नु भएको छ  ।

एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ११ हजार २१६ मत प्राप्त गर्नुभएको छ । स्थापित शाहभन्दा १० हजार १०८ मतले पछाडि हुनुहुन्छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ३६२ मत प्राप्त गर्नु भएको छ  ।

उपमेयरमा एमालेकी सुनिता डङ्गोलको फराकिलो अग्रता कायमै छ । उहाँले अहिलेसम्म २० हजारभन्दा धेरै मत पाउनु भएको छ । साभार: उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*