भरतपुरको मेयरमा रेनु दाहाल २३८५ मतले अगाडि

छहारी संवाददाता
जेष्ठ ५, २०७९

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि हुनुहुन्छ ।

पछिल्लो मत परिणाम अनुसार दाहालले १२ हजार ३५२ र सुवेदीले ९ हजार ९६७ मत प्राप्त गर्नु भएको छ । सुवेदीभन्दा दाहाल २ हजार ३८५ मतले अगाडि हुनुहुन्छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३५५ मत ल्याउनु भएको छ । भरतपुरमा अहिलेसम्म ३३ हजार १८९ मत गनिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*