मनहरी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

छहारी संवाददाता
जेष्ठ ५, २०७९

मकवानपुरको मनहरी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सीता पुलामी विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले बुधबार साँझ सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनतर्फका उम्मेदवार रहेका कालाखेतीले ९३१६ मत पाउँदै अध्यक्षमा निर्वाचित हुनु भएकाे हाे । उहाँकाे प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले भने ४९७० मत पाउनु भयाे ।

६४७० मतसहित नेकपा माओवादी केन्द्रकी सीता पुलामी पालिकाको उपाध्यक्षमा निर्वाचित हुँदा उहाँकाे निकटतम प्रतिस्पर्धी एमालेकी सुजिता थिङले ५४५४ मत प्राप्त गर्नुभयाे ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडाको अध्यक्ष जितेर पालिका हाँकेको नेकपा एमाले यस पटकको निर्वाचनमा ४ जना वडा सदस्यमा सीमित बनेको छ । नेकपा एमालेले मनहरी–९ मा ४ जना वडा सदस्य मात्रै जितेको छ भने २०७४ सालको निर्वाचनमा २ वटा वडामा सीमित बनेको नेपाली कांग्रेसले यसपटक ६ वटा वडासहित पालिका अध्यक्ष जितेको छ भने नेकपा माओवादी केन्द्रले पालिकाको उपाध्यक्षसहित ३ वटा वडा अध्यक्ष जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*