हेटौंडा उपमहानगरको मेयरमा लामालाई पछ्याउँदै सिंह

छहारी संवाददाता
जेष्ठ ४, २०७९

हेटौडा उपमहानगरपालिकामा जारी मतगणनामा एकीकृत समाजवादी पार्टीकी मेयर उम्मेदवार मीना लामाले निरन्तर अग्रता बनाएकी छन् ।
उनले राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले भन्दा ६२७ मत बढी ल्याएकी हुन् । मेयर पदमा  ४२ हजार १९० गणना सकिँदा लामाले १३ हजार ६९८ मत पाएकी छन् ।
यस्तै राप्रपाका उम्मेदवार सिंहले १३ हजार ६२ मत पाउदा एमालेका उम्मेदवार  अनन्त पौडेल १२ हजार ६०१ मत पाएका छन् ।
यसैगरी उपमेयरमा काँग्रेसका उम्मेदवार राजेश बानियाले  २० हजार ६०६ मत पाउँदा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १५ हजार २६० मत पाएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*