हेटौंडा १६ मा गठबन्धनको तर्फबाटकां ग्रेसका कोइराला विजयी

छहारी संवाददाता
जेष्ठ ४, २०७९

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ को मतगणना सम्पन्न भएको छ । बुधबार सम्पन्न मत परिणाम अनुसार, हेटौंडा–१६ को वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामकृष्ण कोइराला निर्वाचित भएका छन् ।

कोइरालाले आफ्नो प्रतिस्पर्धी उम्मेदवारलाई २ गुणाभन्दा बढी मतले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । कोइरालाले २ हजार ४३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका बसन्त लामिछानेले १ हजार ९० मत मात्रै ल्याएका हुन् । स्थानीय तहको निर्वाचन २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका कोइरालाले ५ बर्षको अवधिमा राम्रो काम गरेकोले जनताको उत्साहजनक मत पाएको राजनीतिक वृत्तमा चर्चा छ ।

सो वडाबाट मेयर पदमा नेकपा एमालेका अनन्त पौडेललाई ७५५, राप्रपाका दीपक सिंहलाई १ हजार १४१ र गठबन्धनकी मीना लामालाई १ हजार ४१२ मत प्राप्त भएको छ । त्यस्तै उपमेयर पदमा एमालेकी सुमित्रा काफ्लेलाई ९३४ मत, गठबन्धनका राजेश बानियाँलाई १ हजार ९८५ मत र राप्रपाकी इन्दिरा डल्लकोटीलाई १८३ मत प्राप्त भएको छ । सो वडामा ३ हजार ७३९ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*