थाहा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विष्णु विष्ट विजयी

छहारी संवाददाता
जेष्ठ ४, २०७९

मकवानपुरको थाहा नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदरवार विष्णु विष्ट विजयी हुनु भएको छ ।

कुल २३ हजार ५६ मत खसेकोमा विष्टले ९७१९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेद्वार अच्युतम ढकालले ७ हजार ७७१ मत प्राप्त गर्नुभयो ।

यस्तै थाहाको उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली विजयी हुनुभएको छ । उहाँले ८ हजार ६०७ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिष्पर्धी नेकपा एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत प्राप्त गर्नुभयो । थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३र३ वडामा जित निकालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*