स्थानीय तह निर्वाचनः बकैया गाउँपालिकामा गठबन्धन विजयी

छहारी संवाददाता
जेष्ठ ४, २०७९

मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धन विजयी भएको छ ।

बिहान सम्पन्न मतगण्ना अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांगेसका धर्मराज लामिछाने ११ हजार २९२ मत सहित विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६ मत प्राप्त गर्नुभयो ।

यसैगरि,उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका भक्त बहादुर खत्री ९ हजार ५२२ मत सहित विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका लाल बहादुर स्याङ्तानले ७ हजार ६५२ मत प्राप्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*