भरतपुर महानगरको मेयरमा रेनु दाहालको अग्रता कायमै, विजय सुवेदी ३२३ मतले पछि

छहारी संवाददाता
जेष्ठ ३, २०७९

भरतपुर महानगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले सात हजार तीन सय ५१ मतसहित अग्रतालाई कायमै राख्नुभएकाे छ ।

अहिलेसम्म २१ हजार पाँच सय ९२ मतगणना हुँदा दाहाल तीन सय २३ मतले अघि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले सात हजार २८ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार पाँच सय ६२ मत ल्याउनुभएको छ ।

यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार २ सय ४८ मतसहित अग्रता लिइरहनुभएकाे छ उहाँलाई राप्रपाकी उम्मेदवार हिमला गुरुङले पाँच हजार आठ सय तीन मतसहित पछ्याइरहनुभएकाे छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*