३५१ पालिकाको नतिजा: कांग्रेस १६०, एमाले ९९ र माओवादी ७५ वटामा विजयी

छहारी संवाददाता
जेष्ठ ३, २०७९

पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म तीन सय ५१ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ७० वटा नगरपालिका र दुई सय ८१ वटा गाउँपालिका गरी तीन सय ५१ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

सार्वजनिक मत परिणामअनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ३८ वटा नगरपालिका र एक सय २२ वटा गाउँपालिका गरी एक सय ६० वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । यस्तै कांग्रेसले ३१ वटा नगरपालिकाको उपमेयर, एक सय २२ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार सात सय ५७ वटा वडाध्यक्ष पद जितेको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले २० वटा नगरपालिका र ७९ वटा गाउँपालिका गरी ९९ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले २३ वटा नगरपालिकाको उपमेयर, ७४ वटा पालिकाको उपाध्यक्ष र एक हजार तीन सय ५० वटा वडाध्यक्ष पदमा जित निकालेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म आठ वटा नगरपालिका र ६७ वटा गाउँपालिका गरी ७५ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । यस्तै माओवादीले ११ वटा नगरपालिकाको उपमेयर, ६९ वटा गाउँपालिकाको उपाध्यक्ष र सात सय ५० वटा वडाध्यक्ष पदमा जित निकालेको छ ।

नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिकाकाे मेयर, चार वटा गाउँपालिकामा अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर र नाै वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

जनता समाजवादी पार्टीले पनि चार वटा गाउँपालिको अध्यक्ष पदमा जित निकालेको छ । नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र जनमोर्चाले एउटा नगरपालिकाको मयर जितेका छन् । एउटा नगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवारले जितेका छन् । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*