राक्सिराङ गाउँपालिकाको अध्यक्षमा पुनः कांग्रेसका मल्ल निर्वाचित

छहारी संवाददाता
जेष्ठ ३, २०७९

मकवानपुरको राक्सिराङ गाउँपालिकामा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार मल्ल र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका वनस्थम थिङ विजयी हुनु भएको हो । मल्लले ५४८१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका बाबुलाल स्याङ्तानले ४ हजार ५ सय ७२ मत प्राप्त गर्नुभयो ।

मल्लले यसअघिपनि गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएको छ । यस्तै उपाध्यक्षमा थिङले ४ हजार ८ सय ३९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १ सय २९ मत प्राप्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*