मकवानपुरगढी गापा अध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी, एमालेका हुमागाई १०६१ मतले पराजित

छहारी संवाददाता
जेष्ठ ३, २०७९

मकवानपुरगढी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा माओवादी केन्द्रकी मानकुमारी नेपाली विजयी हुनु भएको हो । स्याङ्तानले १०६१ मतले एमाले उम्मेद्वार विदुर हुमागाईलाई पराजित गर्नु भएको हो ।

स्याङ्तानले ६७०६ मत प्राप्त गर्दा हुमागाईले ५६४५ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा नेपालीले एमालेका उम्मेदवार सन्तु थिङलाई ९०६ मतले पराजित गर्नु भएको हो । नेपालीले ६११० मत प्राप्त गर्दा थिङले ५२०४ मत प्राप्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*