स्थानीय तह निर्वाचनः हेटौंडा १७ को मतगणना जारी

छहारी संवाददाता
जेष्ठ ३, २०७९

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी छ ।

पछिल्लो अपडेट अनुसार १ हजार ८८५ मत गणना हुँदा मेयर पदमा गठबन्धनकी मिना कुमारी लामाले ५४४ मत प्राप्त गर्नु भएको छ । यस्तै मेयरका अर्का उम्मेद्वार राप्रपाका दिपक बहादुर सिंहले ५६५ मत र नेकपा एमालेका अनन्त पौडेलले ५१० मत प्राप्त गर्नु भएको छ ।

यसैगरी उपमेयरमा गठबन्धनका राजेश बानियाँले ७३९ मत, नेकपा एमालेकी सुमित्रा काफ्लेले ५५३ मत र राप्रपाकी इन्दिरा न्यौपाने डल्लाकोटीले ४७ प्राप्त गर्नु भएको छ । वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले ६३५ मत, एमालेका उम्मेदवारले ५४१ मत, नेकपा माओवादीका उम्मेदवारले ४३९ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*