केशव स्थापित भन्दा बालेन साह ५ हजार १८७ मतले अगाडि

छहारी संवाददाता
जेष्ठ ३, २०७९

काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलाे अग्रतालाई कायमै राख्नुभएकाे छ ।

अहिलेसम्म  ३० हजार ८४ मत गन्दा साहले ११ हजार ३ सय २५ मतसहित अग्रता लिइरहनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित ५ हजार १८७ मतले पछि हुनुहुन्छ । स्थापितले ६ हजार २ सय ९० मत प्राप्त गर्नुभएकाे छ ।

मेयरमै गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार ४ सय ९२ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले एक हजार तीन मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगाेलले पनि फराकिलाे अग्रतालाई कायमै राख्नुभएकाे छ । डंगाेलले ११ हजार तीन सय २५ मतसहित अग्रता लिइरहनुभएकाे छ । उपमेयरमै गठबन्धनकाे तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ३ सय १६ मत प्राप्त गर्नुभएकाे छ । उज्यालाे अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*