भरतपुर महानगरको मेयरमा रेनु दाहाल १६७ मत सहित अगाडी

छहारी संवाददाता
जेष्ठ ३, २०७९

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार चार सय ३९ मतसहित अग्रतालाई कायमै राख्नुभएको छ ।

अहिलेसम्म १९ हजार एक सय ८३ मतगणना हुँदा दाहाल एक सय ६७ मतले अघि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार दुई सय ७२ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार एक सय ३९ मत ल्याउनुभएको छ ।

यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले सात हजार आठ सय ४९ मतसहित अग्रता लिइरहनुभएको छ उहाँलाई राप्रपाकी उम्मेदवार हिमला गुरुङले पाँच हजार एक सय ५२ मतसहित पछ्याइरहनुभएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*