कैलाश गापामा गठबन्धनबाट मोक्तान र माओवादीका ठकुरी विजयी

छहारी संवाददाता
जेष्ठ २, २०७९

मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

गाउपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार लोक बहादुर मोक्तान र उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका बाल कुमार मल्ल ठकुरी विजयी हुनु भएको हो ।

उध्यक्षका उम्मेद्वार मोक्तानले ४ हजार ८९७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी एमालेका उम्मेद्वार नरेन्‍द्र लाल रिजालले ४ हजार ९३ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा माओवादीका ठकुरी ४ हजार ८८ मतले विजयी हुँदा उहाँका प्रतिस्पर्धी सुकु माया थिङले ३ हजार ९३७ मत प्राप्त गर्नु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*