हेटौंडा ११ थानाभर्याङमा बुद्धको मुर्ति र पार्कको उद्घाटन

छहारी संवाददाता
जेष्ठ २, २०७९

आज बुद्धजयन्तीका अवसर पारेर हेटौंडाका मेयर हरि बहादुर महतले हेटौंडा ११ थानाभरर्याङमा पाथीभरा मन्दिर जाने बाटोमा बुद्धको मुर्ति र पार्कको उद्घाटन गर्नु भएको छ ।

उपमहानगरपालिकाको सार्वजनिक जग्गामा बुद्धको मुर्ति स्थापना गरेर पार्क निर्माण गरिएको हो । बुद्धको मुर्ति र फाउण्डेसन निर्माण गर्ने काम हेटौंडा–११ का समाजसेवी शिद्धीलाल श्रेष्ठले गर्नुभएको थियो ।

यसैगरी बुद्धपार्क निर्माण गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गरेको र त्यही अनुसार काम गरिएको मेयर महतले बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, उपमहानगरपालिका प्रशासन शाखाका प्रमुख रामकृष्ण थापा, लेखा अधिकृत जेकप श्रेष्ठ, स्थानीय समाजसेवीहरु लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*