काठमाण्डौ महानगरमा बालेनको अग्रता कायमै, स्थापित झन्डै २९ सय मतले पछाडी

छहारी संवाददाता
जेष्ठ २, २०७९

काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लैजानु भएको छ ।

१६ हजार ९ सय ५० मत गन्दा उहाँले ६ हजार एक सय ९४ मत पाउनु भएको छ । यो एमालेका उम्मेदवार केशव स्थापितको भन्दा झन्डै २९ सयले धेरै हो । स्थापितले अहिलेसम्म ३ हजार ३ सय मत ल्याउनु भएको छ ।

यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले दुई हजार ८ सय ६६ मत ल्याउनु भएको छ । यसैबीच उपमेयरमा एमालेकी सुनिता डङ्गाेलले अग्रता बढाइरहनु भएको छ । उहाँले अहिलेसम्म ६ हजार ३ सय ४४ मत पाउनु भएको छ। साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*