स्थानीय तह निर्वाचनः हेटौंडाको मेयरमा गठबन्धन र राप्रपाको टक्कर, एक मतले लामा भन्दा सिंह अघि

छहारी संवाददाता
जेष्ठ २, २०७९

हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकिकृत समाजवादी र राप्रपाको टक्कर देखिएको छ ।

जारी मतगणनामा गठबन्धनबाट एसकी उम्मेद्वार मिना कुमारी लामा र राप्रपाका उम्मेद्वार दिपकबहादुर सिंहबीच जम्मा एक मतको अन्तर छ । नेकपा एमालेका उम्मेद्वारअनन्त पौडेल भने ४०३ मतले पछाडी हुनुहुन्छ ।

कुल ११६७३ मतगणना हुँदा गठबन्धनकी लामाले ३४५६ मत प्राप्त गर्नु भएको छ भने राप्रपाका सिंहले ३४५५ मत प्राप्त गर्नु भएको छ । एमालेका पौडेल ३०५३ मतसहित तेस्रो नम्बरमा हुनुहुन्छ । यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट राजेश बानियाँले ५१०३ मत प्राप्त गर्दा एमालेका सुमित्रा काफ्लेले ३९५६ मत प्राप्त गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*