स्थानीय तह निर्वाचनः हेटौंडाको मेयरमा सिंहको अग्रता

छहारी संवाददाता
जेष्ठ १, २०७९

हेटौंडा उपमहानगरको चार वटा वडा १, २, १८ र १९ को मतगणनामा राप्रपाका दिपक बहादुर सिंह पहिलो स्थानमा देखिनु भएको छ । साँझ साढे ६ बजे सम्मको मतगणनामा राप्रपा पहिलो स्थानमा देखिएको हो ।

यसैगरी दोस्रो स्थानमा गठबन्धनका मिना कुमारी लामा रहनु भएको भने नेकपा एमालेका अनन्त पौडेल तेस्रो स्थानमा हुनुहुन्छ । आज बिहानसम्मको मतगणनामा तेस्रो स्थानमा रहनु भएका सिंह साँझ ३१ मतले अघि हुनुहुन्छ ।

८८३६ मत गणना हुँदा सिंहले २६६६ मत, गठबन्धनका उम्मेदवार मिना कुमारी लामाले २६३५ मत र नेकपा एमालेका अनन्त पौडेलले २४१८ मत प्राप्त गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*