स्थानीय तह निर्वाचनः काठमाण्डौमा ३ हजार ५२३ मतका साथ बालेनको अग्रता कायमै

छहारी संवाददाता
जेष्ठ १, २०७९

काठमाण्डाै महानगरपालिकामा साढे ६ बजेसम्म ९ हजार १ सय ४८ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहकाे अग्रता कायमै छ । एमालेका मेयरका उम्मेदवार केशव स्थापितले भन्दा बालेनले झन्डै दाेब्बर मत ल्याउनुभएकाे छ ।

स्वतन्त्र उम्मेदवार साहले ३ हजार ५ सय २३ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने १८ सय ४६ मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १६ सय ३८ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाका मदनदास श्रेष्ठले ३ सय ४७ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३ सय ३५ मत प्राप्त गर्नुभएकाे छ ।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगाेलले अग्रता बनाइ रहनुभएकाे छ । उहाँले ३ हजार ५ सय ९१ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनतर्फ एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले एक हजार २७ मत प्राप्त गर्नुभएकाे छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*