काठमाण्डौ महानगरको मेयरमा बालेनको अग्रता

छहारी संवाददाता
जेष्ठ १, २०७९

काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउनुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार उहाँले एक हजारभन्दा धेरै मतले अग्रता बनाउनु भएको छ । शाहले दुई हजार दुई सय ३८ मत ल्याउनु भएको छ भने एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले एक हजार दुई सय १९ मत ल्याउनु भएको छ ।

यस्तै, गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले एक हजार ८१ मत प्राप्त गर्नुभएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*