हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी

छहारी संवाददाता
जेष्ठ १, २०७९

स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ ।

१ नम्वर वडाको हालसम्म २ हजार ५२३ मत गणना भएको छ । जसमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार मिना कुमारी लामाले ७७५ मत ल्याउनु भएको छ । यस्तै नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले ६७५ र राप्रपाका दिपक बहादुर सिंहले ६९५ मत प्राप्त गर्नु भएको छ ।

उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले १ हजार १०५, एमालेकी सुमित्रा काफ्लेले ८९८ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीले २७१ मत प्राप्त गर्नु भएको छ । वडा अध्यक्षमा गठबन्धनका सचिव न्यौपानेले ९४ मतले एमालेका उम्मेदवार उत्तम पौडेललाई पछि पार्नु भएको छ । न्यौपानेले १ हजार १३६ मत ल्याउनु चएको छ भने एमालेका उत्तम पौडेलले १ हजार ४२ मत ल्याउनु भएको छ । यस्तै राप्रपाका उम्मेदवारले १४४ मत ल्याएका छन् । तुखबरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*