भारतमा आगलागीमा परि मृत्यु हुनेको संख्या २७ पुग्यो, मृतकको संख्या बढ्न सक्ने
भारतको दिल्लीस्थित मुन्डकामा एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ । आगलागीमा परि १२ जना घाइते भएका छन् ।
शुक्रबार बेलुका भएको आगलागीमा २७ जनाको शव भेटिएको र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय संचारमाध्यमले जनाएका छन् ।
घाइतेहरुको दिल्लीको सञ्जय गान्धी र दिन दयाल अस्पतालमा उपचार भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृताका परिवारलाई प्रतिपरिवार दुई लाख र घाइतेलाई उपचारका लागि ५० हजार भारतीय रुपैयाँ प्रदान गर्ने बताउनु भएको छ ।